नियम २७क
स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिनु पर्ने

(१) विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने नेपाली नागरिकले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको शुल्क र शिक्षा मन्त्रालयले तोके बमोजिमका कागजात संलग्न गरी स्वीकृतिपत्रको लागि अनुसूची–४ बमोजिमको ढाँचामा शिक्षा मन्त्रलायमा निवेदन दिनु पर्नेछ ।

(१क) शिक्षा मन्त्रालयले उपनियम (१) बमोजिम स्वीकृतिपत्रको लागि दिइने निवेदन विद्युतीय माध्यमबाट समेत लिने व्यवस्था मिलाउन सक्नेछ ।

(२) उपनियम (१) वा (१क) बमोजिम प्राप्त भएको निवदेन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिव देखिएमा शिक्षा मन्त्रालयले निवेदकलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानको लागि अनुसूची–५ बमोजिमको ढाँचामा स्वीकृतिपत्र (नो अब्जेक्शन लेटर) दिनेछ ।

(३) उपनियम (१) वा (१क) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान स्वीकृतिपत्र दिन मनासिव नदेखिएमा शिक्षा मन्त्रालयले सोको कारण खुलाई निवेदकलाई जानकारी दिनु पर्नेछ ।